‘बजाज खुशीका तीन डोज’ को विजेता घोषणा



काठमाडौं । नेपालको लागि बजाजको एकमात्र आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड को प्रालिले ‘बजाज खुशीको ३ डोज’ को विजेता घोषणा गरेको छ ।

नेपालीहरुको महान चाड बडादसैंँ, तिहार र छठको अवसरमा शुरु गरिएको “खुशीको ३ डोज”को विजेता बन्न सफल भई लालबन्दीका बिट्टु कुमार गुप्ताले १० लाख पाउन सफल भएका थिए ।


उनले अर्किड्ज मोटर्स प्रा लिबाट मोटरसाइकल खरिद गरेका थिए ।

यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दाखेरी र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो । साथै ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले १० हजार सम्मको अग्रिम नगद प्राप्त गर्ने अवसर थियो ।

त्यसबाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीद गर्ने बेलामा १ लाखसम्मको नगद मूल्य गर्ने अवसर पनि थियो र बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाख नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘खुशीका तीन डोजमा सहभागि सम्पूर्ण उपभोक्ताहरुलाई हार्दिक धन्यवाद र विजेताहरुलाई हार्दिक बधाई दिन चाहन्छु । हामीले सँधै हाम्रा ग्राहकवर्गको लागि उपयुक्त हुने योजना र अफरहरु ल्याइरहेका छौँ । यो योजनामा यहाँँहरुको उत्साहजनक सहभागिताको लागि हामी आभारी छौँ ।’


क्लिकमान्डु