बर्दियाको गुलरियामा बजाजको शोरुम



काठमाडौं । बजाज मोटरसाइकलको नयाँ शोरुम बर्दियाको गुलरियामा खुलेको छ । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बर्दियाको गुलरियामा सम्पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड’ को उद्घाटन गरेको छ ।

नेपालमा सबभैन्दा अधिक ब्रिवm्री हुने र विश्वासिलोे अटोमोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा पनि शोरुम संचालनमा ल्याएको कम्पनीले बताएको छ ।

कम्पनीले ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेडका प्रोपराइटर चन्द्रदिप जोशीलाई डिलरसीप प्रदान गरिएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीको भनाइ छ ।

बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहको जोशीले बताए ।

‘हामी गुलरियामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो,’ नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, ‘हामीले आशा गरेका छौँ यो नयाँ शोरुम विस्तारसँगै यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव लिने अवसर प्राप्त गर्नेछन् ।’


क्लिकमान्डु