भरतपुरमा ‘टीभीएस रेडर’ मोटरसाइकलको सार्वजनिक



काठमाडौं । जगदम्बा मोटर्स प्रालिले भरतपुरमा ‘टीभीएस रेडर’ मोटरसाइकलको सार्वजनिक गरेको छ ।

शंकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले भरतपुर स्थित आफ्नो मालाश्री शोरुमबाट यूवा पुस्तालाई लक्षित गरेर १ सय २५ सीसीको टीभीएस रेडर मोटरसाइकल सार्वजनिक गरेको छ ।

यो मोटरसाइकल अत्याधुनिक फिचर्स सुसज्जित नयाँ रहेको कम्पनीले जनाएको छ । आज भएको कार्यक्रममा चर्चित हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल गायक राम कृष्ण ढकाल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी को उपस्थितिमा सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ ।

यूवा पुस्तालाई लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध रहेको कम्पनीले बताएको छ ।


क्लिकमान्डु