सिंगल चार्जमा ६११ किलोमिटर चल्ने इभी सार्वजनिक गर्दै विएमडब्ल्यू



एजेन्सी । संसारभर नै असाध्यै आरामदायी कार बनाउने कम्पनीका रुपमा परिचित विएमडब्ल्यूले सोमबार एक पटक चार्ज गर्दा ६०० किलोमिटर बढी गुड्ने कार सार्वजनिक गर्ने भएको छ ।

विवरणहरुमा जनाइए अनुसार सो कार एक पटक पूर्ण रुपमा चार्ज गर्दा ६११ किलोमिटरसम्म गुड्न स्क्छ । विएमडब्ल्यू आइएक्स इभी नाम दिइएको सो आरामदायी कारलाई सुरक्षाको हिसाबले ५ स्टार रेटिङ समेत दिइएको छ । कारको वरिप्री कोही गउमा त्यसमो एलर्ट दिने प्रणाली समेत जडान गरिएको छ ।

खासमा हालसम्म सार्वजनिक भएका विद्युतीय सवारी साधनहरु मध्ये सबैभन्दा राम्रो र प्रभावकारी कारको रुपमा यसलाई नै लिइएको छ । यूरोप तथा अमेरिकी बजारमा सो कारको पहिलो पटक नेपाली समय अनुसार मध्यरातमा सार्वजनिक गरिने भएको छ ।

भारतीय बजारमा सो कारको विशेषगरी आडी इ ट्रान, मार्सिडिज बेञ्च र पोर्श टेक्सनसँग सिधा टक्कर पर्ने भएको छ । खास रुपमा यूरो एनक्याप क्रयास परीक्षणमा समेत यो कारलाई असाध्यै सुरक्षित मानिएको छ ।

यो कार दाँया हातले चलाउँदा होस वा बाँया हात दुवै हातले चलाउँदा पनि सहज हुने गरी सुरक्षाका फिचर समेत उत्तिकै मजबूत रहेको छ ।

भारतमा सो कार कम्प्लीटली बिल्ट युनिटका माध्यमबाट आउनेछ । विएमडब्ल्यू आइएक्स को दोस्रो भेरियन्ट एक्स ड्राइभ ४० र एक्स ड्राइभ ५० को समेत सार्वजनिक गर्ने सम्भावना रहेको छ । पहिलो श्रेणीको सवारीमा ३२६ एभपी पावर र ६३० एनएमको पीक टार्क उत्पादन गर्दछ ।

जुन कार एक पटक पूर्ण रुपमा चार्ज गर्दा ४१४ किलोमिटरसम्म दौडन सक्छ । यस्तै दोस्रो भेरियन्ट भने ५२३ एचपीको पावर उत्पादन गर्छ । यस्तै ७६५ एनएम बराबरको पीक टार्क र एक पटक चार्ज गर्दा ६११ किलोमिटरसम्म दौडन सक्छ ।

हालसम्म सार्वजनिक भएका विद्युतीय कारहरु मध्ये यो नै हालसम्मकै बसैभन्दा धेरै किलोमिटर दौडुने कार हो ।

यो कारलाई एडल्ट अक्यूपेशन क्याटगोरीमा ९१ प्रतिशत बराबरको रेटिङ प्राप्त भएको छ । कारले कूल ३८ अंक मध्ये ३४.७ अंक प्राप्त गरेको छ । कारको परीक्षणको क्रममा ल्याटरल परीक्षण र रियर इम्प्याक्ट परीक्षण समेत गरिएको थियो । कार सार्वजनिक गर्न लागिएपछि यसबारमो थप केही बताइएको छैन ।

निर्माता कम्पनीले केही विषय भने सेक्रेट रहेको बताएको छ । यसमा दुर्घटनाको जोखिबाट बचाउन एलर्ट दिने प्रणाली पनि राखिएको छ । यस्तै पैदलयात्रामा रहेका मानिस तथा साइकल चालकको बारेमा समेत परैबाट एलर्ट दिनेछ ।

त्यसका अलावा अटोमेटिक इमरजेन्सी सिस्टम पैदल यात्रामा रहेका वा अन्य सवारीसँग ठोक्किने अवस्थाको समेत कम गर्ने प्रणाली यसमा राखिएको छ । सो कारको मूल्य झण्डै १ करोड ६० लाख बराबर रहेको छ । नेपालमा आइपुग्दा यो कारको मूल्य झण्डै अढाई करोड बराबर पर्ने देखिन्छ ।


क्लिकमान्डु