२५ लाख लगानीमा पर्यटन प्रवर्द्धन गर्ने ‘माई सांग्रिला’ भिडियो सार्वजनिक



काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनका लागि माई सांग्रिला नेपाल नामक भिडियो सार्वजनिक भएको छ ।  

विश्वभर नेपालको पर्यटन प्रबर्द्धन गर्ने लक्ष्यसहित ६ मिनेट ५१ सेकेन्ड लामो भिडियो युट्युवमा हाइलाइट्स नेपालले अपलोड गरेको छ । 

भिडियोमा नेपालका विविध पर्यटकीय सम्भावना समेटिएको छ । म्युजिक भिडियाको निर्माता तथा निर्देशक सूर्य बराल हुन् भने निर्माता एवम् लेखक प्रेमबहादुर बस्नेतको शब्द  छ । 

उक्त म्युजिक भिडियोमा प्रख्यात सुवर्ण लिम्बुले संगित दिएका छन् भने लोकप्रिय गायिका प्रीति कौरले आवाज दिएकी छन् । 

माई सांग्रिला भिडियोमा नेपालको विविध कला संस्कृति र अन्य पर्यटकीय आकर्षण समेटिएको उक्त भिडियोले मुलुकको पर्यटन तथा कलासंस्कृतिलाई समेटेको निर्देशक बरालको भनाइ छ ।


पर्यटन प्रवर्द्धनका विभिन्न आयाममध्येको महत्वपूर्ण पाटो संगित पनि हो । त्यसैले संगितको माध्यमबाट नेपालका पर्यटकीय सम्भावनाको उजागर गरी नेपालको पहिचानलाई विश्वभर प्रवद्र्धनका लागि म्युजिक भिडियो बनाइएको हो,’ बरालले भने ।

करिब दुई वर्षको समयावधि लगाएर तयार पारिएको म्युजिक भिडियोको लागत २५ लाख रुपैयाँभन्दा लगानी भएको बरालको बताए । 

अनुपम प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र भौगोलिक विविधतायुक्त मुलुक नेपाल विश्व पर्यटनको आकर्षक केन्द्रविन्दु बनिरहेको छ । 

कोरोना महामारीपछि नेपालको पर्यटनले बिस्तारै गति लिँदै गर्दा पर्यटन प्रबर्द्धन सहयोगी हुने अपेक्षासहित म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । कोरोना महामारीपछि पछिल्लो समय मुलुकमा पर्यटकीय गतिविधि बढिरहेको छ ।

निर्देशक बरालले नेपाललाई अन्तर्राष्ट्रिय र आन्तरिक पर्यटकमाझ नेपालको प्रबर्द्धन गर्ने प्रयासमा भिडियो निर्माण गरिएको बताए । 

उक्त भिडियोमा चर्चित पर्यटकीय गन्तव्य तथा पवित्र तीर्थस्थलहरुमा गएर छायाङ्कन गरिएको छ ।

सन् १९९२ मा टाइम म्यागेजिनको कथा अलविदा साङ्ग्रिला छापिएपछि नेपालको यात्रा व्यापार र आतिथ्य उद्यमीहरु र सरकारसँगै सन् १९९८ मा भिजिट नेपाल र नेपालको पर्यटनलाई लाभान्वित अन्य कार्यक्रमहरु आयोजना गरी नेपाल प्रवर्द्धन भूमिका खेलेको थियो । अहिले नेपालको पर्यटकीय गतिविधि चलायमान भइरहेको छ ।

नेपाल भ्रमण वर्षको २०२० को आयोजना गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमणवर्षको शुभारम्भ गरिएको थियो । तर, कोभिड –१९ महामारीका कारण उक्त अभियान स्थगित गरियो । 

म्युजिक भिडियो डिसहोम च्यानलबाट पनि प्रसार हुनेछ र नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानहरुमा देखाइनेछ । 

भिडियो सांग्रिलालाई विभिन्न अन्य माध्यमहरु (सोशल मिडिया, यात्रा र व्यापार मेला, आदि)को माध्यमबाट प्रशारण गरिनेछ ।


क्लिकमान्डु