विभिन्न कार्यक्रम गर्दै सिभिल बैंकले मनायो ११औं वार्षिकोत्सव



काठमाडौं । सिभिल बैंकले विभिन्न कार्यक्रम गर्दै ११औं वार्षिकोत्सव मनाएको छ ।

बैंकले प्रधान कार्यालयसँगै देशैभरका शाखामा समेत विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको छ । सो अवसरमा बैंकको प्रधान कार्यालयमा प्रायोरिटी बैंकिङ सेवाको उद्घाटन बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले तथा कल सेन्टर सेवा र मिस्ड कल बैंकिंग ‘एक घण्टी झ््याप्प पेमेन्ट’ सेवाको शुभारम्भ बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् ।

बैंकले विभिन्न स्थानमा रक्तदान, जेहेन्दार छात्रालाई छात्रवृत्तिलगायतका कार्यक्रम आयोजना समेत गरेको छ ।
साथै बैंकले भर्चुअल डलर कार्ड, सिभिल भर्चुअल एसिस्टमेन्ट सिभाको समेत शुरुवात गरेको छ ।


क्लिकमान्डु