एनआईसी एशिया बैंकले पायो आईएसओ प्रमाणपत्र



काठमाडौं । एनआईसी एशिया बैंकले आईएसओ २७००१ः२१०३ को प्रमाणपत्र प्राप्त गरेको छ । बैंकले इन्टरनेशनल अर्गनाइजेसन फर स्ट्यान्डर्ड (आईएसओ)बाट मान्यताप्राप्त उक्त प्रमाणपत्र प्राप्त गरेको हो ।

ग्राहकको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरुको सुरक्षणको सुनिश्चितता देखाए वापत बैंकलाई उक्त प्रमाणपत्र प्रदान गरिएको हो ।

उक्त उपलब्धिले बैंकलाई भविष्यमा अझ सुरक्षित रुपमा ग्राहक महानुभावहरुको वित्तीय एवं व्यक्तिगत जानकारी भण्डारण एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको छ ।


क्लिकमान्डु