मौद्रिक नीतिको समीक्षा: आयातमा कडाइ गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत आयातमा कडाई गर्ने भएको छ ।

राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षा मार्फत आयातको लागि कागजको आधारमा दिने भुक्तानी(डीएपी)मा १ लाख डलर सम्म दिने व्यवस्था छ । राष्ट्र बैंकले यसलाई पुनरावलोकन गर्ने भनेको छ । निर्देशिका मार्फत गरिने पुनरावलोकनमा यसलाई केन्द्रिय बैंकले घटाउने छ ।

राष्ट्र बैंकले चाँदी आयातमा समेत घुमाएर कडाइ गरेको छ । ड्राफ्ट÷टि.टि.को माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यस्तै विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुहरुको आयात पत्र ीतपत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिनेछ ।


क्लिकमान्डु