लगानीकर्ता मौद्रिक नीतिको प्रतिक्षामाः सेयर बजारमा गिरावट



काठमाडौं । सेयर लगानीकर्ता मौद्रिक नीतिको समिक्षाको प्रतिक्षामा बस्दा बजारमा सामान्य गिरावट देखिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्न लागेको बेला सेयर बजारमा गिरावट आउनुका साथै कारोबार रकम पनि घटेको छ ।
यतिबेला लगानीकर्ता राष्ट्र बैंकले सेयर कर्जाको ४ करोड र १२ करोडको सिमा परिवर्तन गर्छ वा त्यही राख्छ भनेर पर्खिरहेका छन् । लगानीकर्ताले मौद्रिक नीतिको प्रतिक्षा गर्दा बजारमा असर देखिएको छ ।

बिहीबारको कारोबारमा बजार मापन गर्ने सूचक ३.२२ अंकले घटेर परिसूचक २७३१.७८ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.४५ अंकले बढेर ५१५.६४ बिन्दुमा रोकिएको छ ।

२३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता सेयर ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३० रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ९.७७, होटल एण्ड टुरिजम २५.६६, अन्य समूहको उपसूचक १९.५१ अंकले बढेको छ भने बाँकी समूहको उपसूचकमा गिरावट आएको छ ।


क्लिकमान्डु