प्यान नम्बर लिनेको संख्या साढे ४३ लाख पुग्यो



काठमाडौं । पछिल्लो समय व्यवसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या बढ्दै गएको छ ।

अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म स्थायी लेखा नम्बर लिनेको संख्या ४३ लाख ४८ हजार ९२८ पुगेको हो । पछिल्लो ४ महिनाको अवधिमा २ लाख ८२ हजार ७९७ ले स्थायी लेखा नम्बर लिने थपिएका छन् ।

हालसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्या १६ लाख ८४ हजार ४७५ रहेको छ भने व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या २६ लाख ५२ हजार ३९० रहेको छ ।

त्यस्तै करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर १२ हजार ६३ रहेको मन्त्रालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा स्थायी लेखा नम्बर लिनेको संख्या ४० लाख ६६ हजार १३१ थियो ।


क्लिकमान्डु