शिवम् सिमेन्टले निर्माणकर्मी गर्यो ५ लाख बराबरको दुर्घटना बीमा



काठमाडौं । शिवम् सिमेन्टले आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका २६० जना निर्माण कर्मीहरुसंग परामर्श तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी हस्तान्तरण गरेको छ ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो ।

कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकमीहरुको लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो । चरणबद्ध रुपमा देशका विभिन्न स्थानहरुमा नियमित अन्र्तक्रिया तथा बीमा कार्यक्रम गर्दै आईरहेको शिवमले हाल आबुखैरेनी, मुग्लिङ, गोरखा, दमौली र डुम्रेका २६० निर्माणकर्मीहरु संग परामर्श तथा बीमा कार्यक्रम सम्पन्न गरेको हो ।

पहिलो चरण अन्र्तगत भदौ तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढि निर्माणकर्मीहरुसँग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम बीमा गराई सकेको कम्पनी प्रतिनिधीले बताएका छन् ।

उक्त कार्यक्रममा दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो । उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरु, उद्योगी, व्यवसायी लगायतका उपस्थिति रहेको थियो ।

शिवम् सिमेन्टले आगामी दिनहरुमा समेत शिवम् सिमेन्टका विक्रेताहरु संगको समन्वयमा यस अन्तक्रिया तथा निशुल्क बीमा कार्यक्रम निरन्तर संचालन गर्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु