अर्थ व्यवस्थाका विषयमा पाक्षिकरुपमा समीक्षा गर्न अर्थमन्त्री र गभर्नरलाई पूर्वगभर्नर क्षेत्रीको सुझाव



काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले अर्थमन्त्री र गभर्नरलाई सके दैनिक नसके १५ दिनमा एकपटक बजेटका साथै अर्थ व्यवस्थाको विषयमा समिक्षासहितको छलफल गर्न सुझाव दिएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकले आयोजना गरेको वित्तीय क्षेत्रको समसामयिक अवस्था बारे समीक्षात्मक कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन् ।

‘प्रत्येक दिन १ घन्टा मन्त्री र गभर्नर वा डेपुटी गभर्नर बसेर बजेट, समग्र अर्थतन्त्रको विषयमा छलफल गर्नु’ उनले भने ‘दैनिक नसेकेपनि १५ दिनमा एकपटक बसेर छलफल र समीक्षा गर्नु त्यसले देखिएका समस्या समाधान गर्दै अर्थ व्यवस्थालाई बलियो बनाउन सहयोग गर्ने छ ।’

कार्यक्रममा पूर्वगभर्नर क्षेत्रीले अहिले दैनिक २० किलो सुन बैंकमा पठाएको र यो सुन वर्ष भरिको हिसाब गर्ने हो भने धेरै हुने तर त्यसको प्रयोगकर्ता को छन् भनेर हेर्न समेत आग्रह गरे ।

सुनभन्दा पनि चाँदीको आयात बढेको भन्दै यो विषयमा सरकारले नितिगत रुपमा हेर्न सुझाव दिए ।

क्षेत्रीले अहिले व्यापारघाटा बढेकाले यस विषयमा ध्यान दिन आग्रह गरे ।

बैंक तथा वित्तीय क्षेत्रबाट जाने कर्जा बढेको तर त्यो कर्जा औद्योगिक कर्जाको रुपमा गएको भएपनि त्यो कहाँ गएको छ भनेर हेर्ने बेला भएको स्मरण गराए ।

उनले बैंकिङ क्षेत्रमा स्थायित्व कायम गर्नका लागि नीतिगत स्थिरता आवश्यक रहेको बताए ।


क्लिकमान्डु