दुधको मूल्य बढाउने तयारी, प्रतिलिटर १० रुपैयाँसम्म बढाउन प्रस्ताव



काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । दुग्ध क्षेत्रमा आबद्ध संघसंस्थाले दूधको मूल्य बढाउनका लागि प्रस्ताव गरेसँगै सरकारले दुधको मूल्य बढाउने तयारी गरेको हो ।

डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ र दूग्ध विकास संस्थानले दुधको मूल्य बढाउनुपर्ने माग गर्दै आएका थिए ।

सोहीअनुसार उक्त संघसंस्थाले राष्ट्रिय दुग्ध विकास बोर्डमा मूल्य बढाउनुपर्नेमा प्रस्ताव गरेसँगै दूग्ध विकास बोर्डले मूल्य बढाउने तयारी गरेको बोर्डले जनाएको छ ।

बोर्डका कार्यकारी निर्देशक राजेश प्रसाद यादवले मूल्य बढाउनेबारे सम्पूर्ण सरोकारवालासँग एक पटक छलफल गरेको बताए ।

उनकाअनुसार दुग्ध क्षेत्रमा आबद्ध सम्पूर्ण संघसंस्थाले मूल्य बढाउनका लागि प्रस्ताव पेश गरेका छन् । सोहीअनुसार बोर्डले विभिन्न चरणमा छलफल गर्ने भएको छ ।

‘अहिले प्रारम्भिक छलफल भएको छ’ उनले भने, ‘अब केही दिनमा सो प्रस्ताव मन्त्रालयमा पेश गर्नेर्छौ ।’

बोर्डले अबको केही दिनमा मन्त्री महिन्द्रराय यादव र सचिवलाई प्रस्ताव पेश गरी छलफल गर्ने योजना बनाएको छ ।नेपाल डेरी एसोसिएनका

महासचिव प्रल्हाद दाहालले दुधको मूल्य बढाउनका लागि सम्बन्धित संघसंस्थाले मूल्य बढाउनेबारे प्रस्ताव गरेको बताए । उनकाअनुसार विभिन्न संघसंस्थाले प्रतिलिटर ६ रुपैयाँदेखि १० रुपैयाँसम्म मूल्य बढाउनुपर्ने प्रस्ताव गरेको छ ।

‘बोर्डसँगको छलफलमा ६ रुपैयाँदेखि १० रुपैयाँसम्म बढाउनुपर्छ माग गरेको छ,’ उनले क्लिकमाण्डू भने । जसमा दुधको मूल्य बढाउनको लागि कमिटी गठन गर्नेछ । उक्त गठन भएको कमिटिले बजारको अवस्था र उपलब्धताबारे अध्ययन गर्नेछ ।

अध्ययन गरेर प्रतिवेदन तयार भइसकेपछि मन्त्रालयमा पेश हुन्छ । उक्त प्रतिवेदन पेश भएमा नयाँ मूल्य कार्यान्वयन हुने महसचिव प्रल्हादको भनाइ छ ।

‘गठित कमिटीले सातै प्रदेशमा अध्ययन गर्नेछ,’ उनले भने, ‘अध्ययन गरिसकेपछि लागत मूल्यको मूल्याङ्कन गरेर बढाउनेछ ।’
अन्य सम्पूर्ण वस्तुको मूल्य बढेपनि दुधको मूल्य नबढेको गुनासो उनले गरे ।

त्यसैले, यो वर्ष जसरी पनि मूल्य बढ्ने महासचिव प्रल्हाद बताउँछन् । उक्त मूल्य बढ्नेमा वैज्ञानिक तरिकाले बढाउनुपर्ने उनको भनाइ छ ।
त्यसमा लागत कति लाग्छ र कति बढाउनुपर्ने हो त्यति बढाउनुपर्छ भन्ने हो । दुई वर्षदेखि ३० प्रतिशत मात्रै दुधको मूल्य बढेको छ ।

सरकारले बढाउने मूल्यमा किसानलाई ६९ प्रतिशत र ३१ प्रतिशत उद्योगलाई हुनुपर्नेछ ।

‘दुधमा जहिले पनि ६९ प्रतिशत किसानलाई र ३१ प्रतिशत उद्योगलाई नाफा राख्ने प्रवृत्ति रहिआएको छ । सो सिस्टम ब्रेक हुनुभएन,’ उनले भने ।
उनकाअनुसार दूधको मूल्यमा सबैमा एकै प्रकार ह्ुनुपर्नेछ । त्यसमा किसानले ६९ प्रतिशत पाउने उनको दाबी छ ।

विगतको दिनमा दुधको मूल्य बढाउनेबारे धेरै असहमति हुन्थ्यो । तर, अहिले दूधको मूल्य नबढेको धेरै भयो । सबैले एउटै आवाज भएकाले सबैले एकमुष्ट निवेदन दिँदा सरोकारवालाले सहमति जनाएर प्रस्ताव मन्त्रालय पठाएको बताए ।


क्लिकमान्डु