कुमारी बैंक ऋण प्रकरणः मूल्याङकनकर्ता चौरासियालाई रिहा गर्न माग गर्दै आन्दोलन



काठमाडौं । कुमारी बैंकको १९ करोड ऋण प्रकरणमा मूल्याकनकर्ता पक्राउ परेपछि नेपाल भ्यालुयर्स एसोसिएशन मूल्याकनको काम बन्द गरेर आन्दोलनमा उत्रिएको छ ।

गायक योगेश्वर अमात्यको जग्गा धितो राखेर कुमारी बैंकबाट गएको ऋण प्रकरणमा इन्जिनियर राजेश कुमार चौरासियालाई प्रहरीले पक्राउ गरेपछि एसोसिएशनले कात्तिक २४ देखि मूल्याकनकर्ताको काम बन्द गरेर आन्दोलनमा उत्रिएको हो ।

बारा जिल्ला कलैया उपमहानगरपालिकामा रहेको १०६९ कित्ता नम्बरको १२ बिघा १ कठ्ठा पैसा विल्वा भूमी वन प्रालिको जग्गा मूल्याकनकर्ता डाइामिक कन्सल्टेन्सी एण्ड कन्सट्रक्सन सर्भिसेजका राजेश कुमार चौरासियालाई तत्काल रिहाइ गर्न माग गरेका छन् ।

चौरासियाले बैंकबाट प्राप्त जग्गा धनी प्रमाण पुर्जा, राजीनामा पेपर, कलैया उपमहानगरपालिकाबाट भएको घर/बाटो प्रमाणीत, चार किल्ला प्रमाणीत, सम्पत्ति कर तिरेको रसीद, बैंक पत्रबाट पाप्त सर्भे नक्साको आधारमा भ्यालुयसन रिपोर्ट तयार पारेको बताइको छ ।

आन्दोलनमा क्रममा नेपाल राष्ट्र बैंकको परिपत्र अनुसार धितो रहने जग्गाको नापी नक्सा स्वंय बैंक प्रतिनिधिले नापी कार्यालयबाट ल्याउनुपर्ने, मूल्याङकनकर्ताले बैंकसँगको सम्झौता-मूल्याङकन कार्यका लागि आवश्यक कागजातपत्रहरु बैंकबाट उपलब्ध हुने, बैंकको कार्यदेश पश्चात मूल्याङकन कार्य गर्ने कानूनी अधिकार नभएको बताइएको छ ।

बैंकले आफूले लिन चाहेनको धितोको रोक्का बैंक प्रतिनिधि (कर्मचारी) मार्फत मालपोत कार्यालय स्वयं उपस्थित भई गनुपर्ने र मूल्याङकनकर्तालाई अरु कसैको जग्गाधनी लालपुर्जा लगायत अन्य विवरण मालपोत कार्यालयमा/नापीमा गएर भेरिफाइ गर्न पहुँच नभएको जानकारी गराइएको छ ।

एसोसिएशनले चौरासियालाई निशर्त रिहाई नगरेसम्म आन्दोलनका कार्यक्रम कायमै राख्ने भएको छ ।

विरोध प्रदर्शका क्रममा एसोसिएशनका अध्यक्ष ऋषि कोइरालाले आन्दोलनको क्रममा चौरासियाको कुनै कमजोरी नभएकाले तत्काल रिहाई गर्न माग गरे । बैंकमा रहेका माफियाहरुले गरेको गलत कामका कारण चौरासिया पक्राउ परेको भन्दै बिना शर्त रिहा गर्न माग गरेका छन् ।

‘लोन लिने एउटा, लोन दिने एउटा’ उनले भने ‘यसमा इन्जिनियरको केही भूमिका छैन । हामी इन्सायेरेन्स कम्पनी होइनौं हामीले केही गल्ती नै नगरी कारबाही भोग्नु कानूनसंगत छैन ।’

माफियालाई लोन दिने अनी मूल्याङकनकर्ताले तिर्नुपर्ने काम गराउन खोजेको भन्दै यो आन्दोलन अब निर्णयक हुने बताए ।

आइतबार बिहान १ घन्टा कुमारी बैंकको प्रधान कार्यालयमा विरोध प्रदर्शन गरेका एसोसिएशनका अधिकारीहरुले आगामी दिनमा बैंकर्स संघमा पनि धर्ना दिने सचिव दिनेशकुमार पाठकले बताए ।

उक्त जग्गा प्रकरणमा बैंकको हात भएको भन्दै कायम मुकायम सीइओ अनुजमणी तिमल्सिनालाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।


क्लिकमान्डु