सुनको मूल्य ७ सय रुपैयाँले घट्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएकोमा आइतबार ७ सय रुपैयाँले घटेर ९३ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएकोमा आइतबार ९३ हजार २ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार १२ सय ७५ रुपैयाँ कायम भएकोमा आइतबार १५ रुपैयाँ घटेर १२ सय ६० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु