आईएमईले पायो अन्तर्राष्ट्रिय स्तरको ‘एसोसीओ अवार्ड’



काठमाडौं । मुलुकको लोकप्रिय डिजिटल सेवा प्रदायक आईएमई डिजिटल सोलुसनले अन्तर्राष्ट्रिय स्तरको एसोसीओ अवार्ड प्राप्त गरेको छ ।
एशिया–ओशियान क्षेत्रका दुई दर्जन देशको संलग्न रहेको एशियन–ओशियान कम्प्युटिङ इन्ड्रष्ट्री ( एसोसीओ) को ‘आउटस्टान्डिङ युजर अर्गानाइजेसन अवार्ड’ प्राप्त गरेको हो ।

शुक्रबार क्यान महासंघ (क्यान)ले राजधानीमा आयोजित एक कार्यक्रममा आईएमई डिजिटल सोलुसनका अध्यक्ष हेमराज ढकाललाई उक्त पुरस्कार प्रदान गरियो ।

एसोसीओले दुई हप्ताअघि बंगालादेशमा विशेष कार्यक्रम गरेर विभिन्न क्याटेगोरीमा पुरस्कार विजेताहरु घोषणा गरेको थियो । उक्त कार्यक्रममा आईएमई ‘आउटस्टान्डिङ युजर अर्गानाइजेसन अवार्ड’ पाएको घोषणा गरिएको थियो ।

ओसोसीओ एसियन क्षेत्रका जापान, सिंगापुर, भारत, बंगालादेश लगायतका २४ वटा देश सदस्य रहेको छाता संगठन हो । उसले हरेक वर्ष यी देशमा संचालनमा रहेका सूचना प्रविधि क्षेत्रमा काम गर्ने संघसंस्थाको कामलाई मूल्यांकन गरे पुरस्कार दिने गर्छ ।

संस्थाले यो अवार्डको नोमिनेसको संस्थामा आवद्ध देशबाट आवेदन आह्वान गर्छन । उक्त आह्वानको आधारमा नेपालबाट क्यानले आवेदन दिन माग गरेको थियो । क्यानमा गएका आवेदनमध्ये क्यानले असोसीओमा पठाएको थियो ।

‘यो अवार्ड सूचना प्रविधि क्षेत्रमा गरेका काम र त्यसले समाज विभिन्न पक्षमा कस्तो परिवर्तन ल्याएको छ भन्ने मूल्यांकन दिइने अवार्ड हो, क्यान फेडेरेसनका महासचिव रानायरण थापाले भने, ‘त्यही मूल्यांक गरेर आईएमईले ‘आउटस्टान्डिङ युजर अर्गानाइजेसन अवार्ड’ प्राप्त गरेको हो ।’


क्लिकमान्डु