सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएकोमा आइतबार २ सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य पतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएकोमा आइतबार ९४ हजार १ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएकोमा आइतबार १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु