ऋण दिने पैसा सकिएपछि अर्थमन्त्री शर्माले बैंकका सीइओसँग छलफल गर्ने



काठमाडौं । बैंकमा ऋण दिने पैसा सकिएपछि अर्थमन्त्री जनार्दन शर्माले बैंकका सीइओलाई छलफलमा बोलाएका हुन् ।

अर्थमन्त्री शर्माले सबै वाणिज्य बैंकका सीइओ तथा विकास बैंक र फाइनान्स कम्पनी संघका प्रतिनिधिलाई शुक्रबार अर्थमन्त्रालयमा बोलाएका हुन् । अहिले वाणिज्य बैंकसँग ऋण दिने पैसा जम्मा साढे ५ अर्ब रुपैयाँमात्र रहेको छ ।

अर्थमन्त्री शर्माले २७ औं वाणिज्य बैंकका सीइओ तथा विकास बैंक र फाइनान्स कम्पनीको भने संघका पदाधिकारीसँग छलफल गर्ने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सीसीडी व्यवस्था खारेज गरेर सीडी लागू गरेको तथा उच्च आयात भएको कारण बैंकमा ऋण दिने पैसा सकिएको छ । सरकारले विकास खर्च १० प्रतिशतपनि सकेको छैन भने राजस्वमात्रै उठेको कारण सरकारी खातामा पैसा थुप्रिएको छ ।

अर्थमन्त्रीले नेपाल राष्ट्र बैंकका गभर्नर सहित बैंकका सीइओलाई तरलता व्यवस्थापनको विषयमा शुक्रबार छलफल गर्ने भएका हुन् । राष्ट्र बैंकले मंसिरको पहिलो साता मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गर्दै छ ।


क्लिकमान्डु