सूर्योदय लघुवित्तको लाभांश घोषणा, बोनस मात्रै दिने



काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु