लक्ष्मी बैंकको लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । लक्ष्मी बैंकले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आगामी आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा बोनस ८ प्रतिशत र नगद करसहित ३.५ प्रतिशत दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु