गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड ठगी



काठमाडौं । गायक योगेश्वर अमात्यको बारामा रहेको जग्गाको नक्कली लालपूर्जा बनाएर कुमारी बैंकका कर्मचारीले १९ करोड रुपैयाँ ठगेका छन् ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सीआईबी)ले नक्कली लाजपूर्जा बनाएर ठगी गरेको आरोपमा कुमारी बैंकका कर्मचारी सहित ४ जनालाई पक्राउ गरेको छ ।

कुमारी बैंकका पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन लाई पक्राउ गरेको हो ।

प्रकाउ परेका गौतम र महर्जन कोटेश्वरको बेनियल ट्रेडिङ कम्पनीका सञ्चालक हुन् । तीनजनालाई भने प्रहरीले केही दिन अगाडि पक्राउ उनीहरूमध्ये तीन जनालाई केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंबाट पक्राउ गरेको थियो।

चौरसियालाई भने प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

अमात्यको बारामा रहेको १२ बिगाहा जग्गाको कीर्ते कागजात बनाएर १९ करोड ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले प्रकाउ गरेको हो ।
नक्कली कागजात बनाएर ऋण स्वीकृत गर्न कुमारी बैंकको केन्द्रीय कार्यालय नक्साललाई पनि पत्राचार गरिएको भेटिएको छ ।

केन्द्रिय कार्यालयले अनुमति दिएपछि न्यूरोड शाखाबाट रकम निकालेको अनुसन्धानको क्रममा भेटिएको छ । रकम ठूलो आकारको रहेको हुँदा शाखाका कर्मचारी बाहेक केन्द्रिय कार्यालयका कर्मचारीको समेत संलग्नता हुनसक्ने अनुमान प्रहरीको छ ।


क्लिकमान्डु