कार्यकालको अन्तिम दिन बैंकर्स संघका अध्यक्ष दाहालले भने- ऋण दिन नसक्ने अवस्था आयो



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कार्यकालको अन्तिम दिन बैंकहरुले ऋण दिन नसक्ने अवस्थामा पुगेको बताएका छन् । मंगलबार आयोजित संघको कार्यक्रममा बोल्दै दाहालले भने, ‘कर्जाको माग बढी छ, तर बैंकहरु ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् ।’

चालु आवको तीन महिनामा पनि कर्जा प्रवाह धेरै गएको उनको भनाइ छ । उनले अहिलेको अवस्थाम कर्जा दिन गाह्रो भएको बताए ।

‘पहिलो त्रैमासनमा धेरै कर्जा प्रवाह भएका कारण अहिले निजी क्षेत्रमा जाने कर्जाको मात्रा घटेको छ,’ उनले भने ।


क्लिकमान्डु