आइएमईको वर्ल्ड भ्रमण विथ साइग्रेस शुरू



काठमाडौं । नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमईले वर्ड भ्रमण विथ साइग्रेसको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम नेपालका सात वटै प्रदेशका मुख्यमुख्य सहरमा कात्तिक २३ गतेदेखि मसिर १७ गतेसम्म आयोजना हुनेछ ।

वर्ल्ड भ्रमणमा स्टोरी टेलर साईग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिट्यान्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथामार्फत् प्रस्तुति गरिनेछ ।

कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ । साथै एडुकेसन पार्टनर टेक्सास कलेज अफ म्यानेज्मेन्ट र आइटी रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द हुने भएको छ ।


क्लिकमान्डु