बागमति प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत



काठमाडौं । बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार आज उनले विश्वासको मत माग गरेका थिए ।

सोमबार बसेको संसदको बैठकमा विश्वासको मतको पक्षमा ५९ र विपक्षमा ४३ मत खसेको छ । पाण्डे गत कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उपस्थित १०४ मध्ये २ मत तटस्थ रहेको छ ।


क्लिकमान्डु