सेकेण्ड ह्याण्ड कार लिँदै हुनुहुन्छ ? यी कुरामा दिनुस् ध्यान



एजेन्सी । के तपाईं पूराना कार खरिद गर्ने सोचमा हुनुहुन्छ ? कोरोनाका कारण तपाईंको आम्दानी घटेको भएपनि सवारी साधन पछिल्ला दिनमा अत्यावश्यक बनिरहेको छ ।

पहिले पहिले सोखका रुपमा कार चढ्नेका लागि यतिबेला भने आवश्यकता बनिरहेको छ । त्यसैलाई ध्यान दिएर पछिल्ला दिनमा सेकेण्ड ह्याण्ड कार खरिद गर्ने जमात बढिरहेको छ ।

आवश्यकता बनेपछि मानिसले ऋणधन गरेरै भएपनि सवारी साधन चढ्ने इच्छा राख्नु स्वभाविक नै मानिन्छ ।

सार्वजनिक सवारीमा रहेको विकृतिका कारण पनि मानिसले त्यसमा यात्रा गर्नु एउटा ठूलै गल्ती गरेको जस्तो हुन थालेको छ । किनकी, ठूला ठूला भिडभाडमा तोकिएको काम गर्न तोकिएको समयमा पुग्न नसकिने अवस्थाले पनि मध्यमवर्ग आफ्नै सवारी साधन होस् भन्ने चाहना राख्ने गरेका छन् ।

तपाईंले सेकेण्ड ह्याण्ड वा पूराना कार खरिद गर्न खोज्ने भएको छ भने त्यसका लागि के कस्ता विषयमा ध्यान दिनुपर्ला ? भनेर जानकारी दिने प्रयास गरिएको छ ।

आफनो बजेट कत्तिको हो ?
पूराना कार खरिद गर्ने सोच बनाउनु भएको छ भने त्यसका लागि तपाईंले पहिलेनै तपाईंको बजेट के कति हो ? त्यसमा ध्यान दिनुस् । कोरोना महामारीका कारण धेरैको बचत कम भएको छ । घरका अन्य कामका लागि गर्ने खर्च नै यतिबेला पहिलो आवश्यकता बनेको छ ।

पूराना कार खरिद गर्नुभन्दा पहिले आफनो बजेटमा ध्यान दिनु जरुरी हुन्छ । जब तपाईंले कार खरिद गर्न लाग्नु भएको छ भने तपाईंले आफनो बजेट यतिसम्मको हो भनेर निर्धारण गर्दा, त्यसबाट सजिलो हुन जान्छ ।

कारका लागि बजेट यसकारण महत्वपूर्ण रहेको छ कि तपाईंंलाई थाहा हुन्छ कि कति बजेटको पूरानो कार मैले लिन सक्छु भनेर । कार लिने समयमा तपाईंलाई कुनै समस्या नहोस् भनेर नै यस्तो जानकारी दिन खोजिएको हो ।

तपाईंलाई कस्तो कार चाहिएको हो ?
तपाईंलाई कस्तो कार चाहिएको हो ? वा तपाईंंलाई कस्तो कार आवश्यक परेको हो भन्ने बारेमा तपार्इंं आफैले नै सुनिश्चित गर्नुस् । तपाईं र तपाईंको परिवारलाई कस्तो प्रकारको कार लिँदा फाइदा हुन्छ भन्ने बारेमा निर्धारण गर्नुस् ।

तपाईं कस्तो प्रकारको कार खरिद गर्नु चाहनुहुन्छ ? भनेर आफै निर्धारण गर्दा सबैभन्दा सजिलो हुन जान्छ । जस्तो एसयूभी होस् वा सेडान वा टाटा । आमरुपमा हेर्दा एसयूभी नै सेडान वा हैचबैंकको तुलनामा अधिक मूल्य पर्न जान्छ ।

अनलाइनबाट नै हेर्नुस्
कार खरिद गर्न जानुभन्दा पहिले तपाईंंले सहजै रुपमा अनलाइनबाट पनि आफूलाई मनपर्ने मोडलका कारण हेर्न वा बुझ्न सक्नुहुन्छ । मनपर्ने कारका फिचरहरु अनलाइन नै पाइन्छन् आजकल ।

अनलाइनमा नै कति मूल्य बराबरको कार हो भनेर समेत हेर्न सकिन्छ । अनलाइन नै पूराना कार बेच्ने दर्जनौ कम्पनी वा रिकण्डिसन हाउस भेटन सकिन्छ ।

पूराना कारणको परीक्षण गर्नुस्
पूराना कार बिक्री गर्ने कम्पनी वा अनलाइन नै आफूलाई मनपर्ने कारको बारेमा राम्रैसँग परीक्षण गर्न सकिन्छ । आफूले छानेको कार कुन अवस्थामा रहेको छ भन्ने बारेमा थाहा पाउनु जरुरी रहन्छ । यस्तै मेकानिकल विवरणको समेत परीक्षण गर्नु जरुरी रहन्छ । त्यसका लागि आफनो नजिकमा रहेका मेकानिकलको पनि सहयोग लिन सक्नुहुन्छ ।

टायर, ब्याट्री तथा इञ्जिनको अवस्था समेत हेर्नुुपर्ने हुन्छ । यस्तै, गियर, क्लज तथा ब्रेकको बारेमा पनि जानकारी लिनु आवश्यक छ । यस्तै, कार के कति समय कुदेको हो र अवस्था कस्तो छ भनेर पनि थाहा पाउनु आवश्यक हुन्छ ।


क्लिकमान्डु