वाणिज्य बैंकको फाराम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परीक्षा शुल्क ‘खल्ती डिजिटल वालेट’बाट भुक्तानी गर्न सकिने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । उक्त पदमा बैंकको वेबसाइटबाट अनलाईन आवेदन दिन सकिन्छ ।

अनलाइनमार्फत आवेदन फाराम भरेपछि परीक्षा शुल्क भुक्तानी आफ्नो युजरनेम र पासवर्ड हालेर लग–इन गरेपछि ‘खल्ती’ छनौट गरी तोकिएको शुल्क भुक्तानी गर्न सकिने खल्ती वालेटले जनाएको छ ।


क्लिकमान्डु