पर्यटन बोर्डका सीइओ रेग्मीले गरे विमानस्थलमा दुर्व्यवहार



काठमाडौं । लण्डनबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सारका कर्मचारीसँग भनाभन भएपछि नेपाल पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मी विवादमा तानिएका छन् ।

रेग्मीले मादक पदार्थ सेवन गरेको तथा ६ वटा बोतल मदिरा ल्याएको विषयमा विवाद हुँदा रेग्मीले भन्सारका कर्मचारीलाई हातपात गरेका थिए ।

रेग्मीले भने आफूले नियमपूर्वक १ बोतल ल्याएको र ६ जनाको बोतल आफूले बोकेको बताए । उनले मापसे समेत नगरेको दाबी गरे ।

भाइटिकाको दिन शनिबार विहान ९ बजेतिर उनीहरु लन्डनबाट विमानस्थलमा ओर्लिएका थिए ।


क्लिकमान्डु