बंगलादेश बैंकले मंसिर २ गते ६ जना सञ्चालक निर्वाचित गर्ने, यस्तो छ निर्वाचन तालिका



काठमाडौं । नेपाल बंगलादेश बैंकले मंसिर २ गते २७ औं बार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा ६ जना सञ्चालकको निर्वाचन हुने भएको छ ।

बैंकका अनुसार संस्थापक सेयरधनी समूह ‘क’बाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनी समूह ‘ख’बाट प्रतिनिधित्व गर्ने ३ जना सहित ६ जनाको निर्वाचन गर्न लागेको हो ।

त्यसको लागि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । मंसिर २ गते हुने निर्वाचनको लागि आज (कात्तिक २२ गते) ११ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो । आजै १ देखी ३ बजेसम्म मतदाता नामावलीमा दाबी विरोध गर्ने कार्यतालिका रहेको छ ।

आजै ४ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

कात्तिक २३ गते ११ गतेदेखि १ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, २ बजे मनोनय दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, र भोलिनै ३ देखि ५ बजेसम्म उम्मेदवारी उपर दाबी बिरोध दिन सक्ने समय तोकिएको छ ।

२५ गते १० बजे मनोनयनपत्रको जाँच र उजुरी उपर निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने, २५ गते नै १२ देखि ४ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिने समय तोकिएको छ । २६ गते बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

त्यसपछि मंसिर २ गते ३ देखि ६ बजेसमम मतदान गर्ने र सोही दिन बैंकको रजिष्टर्ड कार्यालय, कमलादीमा मतगणना गरेर निर्वाचनको परिणाम घोषणा गर्ने कार्यतालिका रहेको छ ।

बैंकका अनुसार मतदाता नामावली नेपाल बंगलादेश क्यापिटलद्वारा विद्युतीय माध्यमबाट प्राप्त भइ अनुसार प्रकाशिन हुने र कसैलाई मतदाता नामावली चाहिएमा विद्युतीय माध्यमबाट सिडीमा कपी गरेर तोकिएको रकम तिरेर लिनुपर्ने छ ।


क्लिकमान्डु