बैंक अफ काठमाण्डू सीइओमा श्रवणलाल मास्के नियुक्त



काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडले बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्केलाई नियुक्त गरेको छ । बुधबार बसेको संचालक समितिको बैठकले मास्केलाई सीइओमा नियुक्त गरेको हो ।

उनी विगत ३ महिनादेखि बैंकको कामु सीइओका रुपमा यस बैंकको नेतृत्व गर्दै आएका थिए ।

मास्केले यस बैंकको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । सन् १९८५ मा नबिल बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका मास्केसँग ३ दशकभन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ । जसले उनलाई यस बैंकिङ्ग क्षेत्रमा एक अनुभवी तथा कुशल ब्यवस्थापककोरुपमा स्थापित गराएको छ ।

नवनियुक्त सीइओ मास्केले आफ्नो कार्यकालमा बैंक अफ काठमाण्डू लिमिटेडलाई थप सबल, सफल तथा अझै सुदृढ बैंकको रुपमा स्थापित गराउन आफ्नो प्रमुख भुमिका रहने प्रतिवद्धता व्यक्त गरे ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


क्लिकमान्डु