५५ ऋणीले लिए ६ अर्ब ८० करोड पुनरकर्जा
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म ५५ जना ऋणीले ६ अर्ब ८० करोड १३ लाख रुपैयाँ पुनरकर्जा लिएका छन् ।
केन्द्रीय बैंकका अनुसार २१ वटा बैंकले उक्त कर्जा दिएका हुन् । राष्ट्र बैंकका अनुसार ८ वटा बैंकबाट ११ जना ऋणीले १ अर्ब ८६ करोड २३ लाख रुपैयाँ पुनरकर्जा लिएका छन् ।
यस्तै साधारण पुनरकर्जा १९ वटा बैंक तथा वित्तीय संस्थाले ४ अर्ब ९३ करोड ९० लाख रुपैयाँ पुनरकर्जा लिएका छन् ।