नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय निर्विरोध



काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल कु्मार उपाध्याय निर्विरोध निर्वाचित हुने भएका छन् ।

संघका अध्यक्ष भुवन दाहालको दुई वर्षे कार्यकाल सकिएसँगै आगामी कार्यकालको लागि उपाध्याय निर्विरोध निर्वाचिन हुने भएका हुन् । उनी अहिलेको कार्यकालमा उपाध्यक्ष थिए ।

कात्तिक २३ गते हुने निर्वाचनको लागि बुधबार २ बजेसम्म मनोनयन गर्ने समय तोकिएको थियो । अध्यक्षका लागि उपाध्यायको मात्रै आवेदन परेको संघका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल शर्माले जानकारी दिए ।

यो सँगै उपाध्याय संघको दुई वर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित हुने निश्चित भएको हो ।


क्लिकमान्डु