सेयर बजारमा सामान्य सुधार, नबिल बैंकको १ अर्ब बढीको कारोबार




काठमाडौं । तिहार अघिको कारोबारमा सेयर बजारमा सामान्य सुधार देखिएको छ । बुधबार बजार मापन गर्ने सूचक ५.२२ अंकले बढेर परिसूचक २८४८.८४ बिन्दुमा रोकिएको छ ।

२२९ कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता सेयर ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १५२ रुपैयाँको सेयर किनबेच भएको छ ।
यो दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.५२ अंकले घटेर ५३०.८९ बिन्दुमा रोकिएको छ । कारोबारमा अधिकांश उपसूचकमा सुधार देखिएको छ ।

बैंकिङ समूहको ७.८, विकास बैंक ७.४३, जलविद्युत २२.७९, निर्जीबन बीमा ११३.४४, माइक्रोफाइनान्स समूहको उपसूचक १७.९४ अंकले बढेको छ भने जीवन बीमा समूहको उपसूचक ४९.९७ अंकले घटेको छ । कारोबार रकमको आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ ।

बैंकको १ अर्ब १७ करोड ९७ लाख ८६ हजार १७९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा महालक्ष्मी विकास बैंक र अपी पावर कम्पनी रहेको छ । महालक्ष्मी बैंक, आईसीएफसी फाइनान्स, सहाश उर्जाको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु