मध्य भोटेकोशीको आइपीओ बाँडफाँट, ८ लाख १९ हजारलाई १० कित्ता



काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको साधारण सेयर (आइपीओ) आज (शुक्रबार) बाँडफाँट भएको छ ।

कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाटँ भएको हो ।

उक्त आइपीओ ८ लाख १९ हजार जनाले १० पाएका छन् । २३ लाख ९० हजार २१८ जनाले दिएको आवेदनमा ९५ हजार ७२२ जनाको आवेदन रद्द भएर २२ लाख ९४ हजार ४९६ जनाको आवेदन योग्य ठहरिएको थियो । योग्य आवेदकलाई बाँडफाँट गरिएको हो ।

कम्पनीले असोज २० बाट २५ गतेसम्म ९० करोड रुपैयाँरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेकोमा ३ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीहरु, ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र र ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई छुट्याएको थियो । जसमा माग भन्दा बढी आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ ।


क्लिकमान्डु