भारत सहित ३ देशमा राजदूत सिफारिस, भारतमा डा शर्मा



काठमाडौं । सरकारले तीन देशमा राजदूत नियुक्तिको सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को बैठकले भारतमा डा शंकर शर्मा,अमेरिका श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यलाई सिफारिस गरेको हो ।

सरकारले नियुक्त गरेका शर्मा अमेरिकाको लागि नेपाली राजदूतको रुपमा काम गरिसकेका छन् ।

अमेरिकामा ४ वर्ष राजदूतको रुपमा काम गरेका शर्माको पालामा अमेरिकाले ५० करोड अमेरिकी डलरको एमसीसी मार्फत दिने अनुदानको प्रक्रिया टुंगो लागेको थियो ।

जुन अहिले विवादमा परेको छ । यस्तै खत्री कुटनीतिक मामलाका विज्ञ हुन् । आचार्य पूर्व परराष्ट्र सचिव हुन् ।


क्लिकमान्डु