१ लाख १७ हजार पर्ने इलेक्ट्रिक स्कुटर बजारमा, फूल चार्जमा १०० किमि गुड्ने



काठमाडौं । नेपाली बजारमा नयाँ फिचरसहितको इलेक्ट्रिक स्कुटर सार्वजनिक भएको छ । सुन्दर ट्रेर्डस प्रालिले बजारमा ५ वटा मोडेलमा इभी नाम गरेको इलेक्ट्रिक स्कुटर ल्याएको हो ।

सुन्दर ट्रेर्डसका सञ्चालक भेषबहादुर थापाले अटो इन्जिनियरिङको सहयोगमा यो स्कुटर नेपाली बजारमा ल्याएको पनि उनले बताए ।

मोबाइलबाट कन्ट्रोल गर्न सकिने, जीपीएस फिट भएको, चाँबी नचाहनिे, युएसबी पोर्ट भएको, पार्किङ मोड भएको, एकपटक चार्ज गर्दा १०० किलोमिटरसम्म चल्ने लगायतका फिचर यसमा रहेको थापाले बताए । यसको मर्मत खर्च पनि शुन्य रहेको थापाको दाबी छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भास्करराज राजकर्णिकारले नेपालमा हाल खेर गइरहेको विद्युत् उपयोग गर्नका लागि यस्ता विद्युतीय सवारीसाधनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘कम मूल्य, यसको इञ्जिन र ब्याट्रि चार्जको हिसावले नेपालका लागि प्राविधिक रुपमा राम्रो र उपयुक्त छ,’ राज करणिकारले भने ।
स्कुटरको मूल्य नेपाली बजारमा १ लाख १७ हजारदेखि २ लाख २४ हजारसम्म पर्नेछ ।

यो स्कुटर धुम्बाराही र थापाथलीबाट वितरण गरिने कम्पनीले बताएको छ । यो स्कुटर चार्ज गर्न हाल चार्जिङ स्टेसन काठमाडौंको धुम्बाराहीमा रहेको पनि जानकारी दिएको छ । अब यसलाई पोखरा, धुलिखेल, चितवन, नौबिसेलगायत काठमाडौंका ११ ठाउँमा राखिने पनि कम्पनीका सञ्चालक थापाले बताए ।

इभी स्कुटर ५ वटा मोडलमा उपलब्ध हुनेछ । स्कुटरमा नयाँ फिचर भनेको मोवइल बाट कन्ट्रोल गर्न मिल्ने जिपीएस जडित छ ।

एकपटक चार्ज गर्दा १०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले बताएको छ । टेलिस्कोप सस्पेन्सन, फ्रन्ट डिक्स ब्रेकलगायतका फिचर स्कुटरमा उपलब्ध छन् । त्यस्तै पार्किङ मोडको पनि सुविधासमेत रहेको छ ।


क्लिकमान्डु