ननट्यारिफ विजनेसलाई न्यूनतम शुल्क निर्धारण गरेकोप्रति महांसघको ध्यानाकर्षण



काठमाडौँ । निर्जिवन बीमाको प्रिमियम वृद्धि गरी न्यूनतम सीमा तोकिएको प्रति नेपाल उद्योग वाणिज्य महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले नन ट्यारिफ विजनेसलाई न्यूनतम शुल्क निर्धारण गरेको भन्दै बीमा समितिलाई ध्यानाकर्षण गराएको हो । बीमा समितिले गत असोज ६ गते सबै निर्जिवन बीमा कम्पनीहरूको लागि जारी गरेको गैर शुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दरको सीमा तोकेको प्रति गम्भीर ध्यानाकर्षण गराएको हो ।

बीमा समितिले गत असोज ६ गते सबै निर्जिवन बीमा कम्पनीका लागि जारी गरेको गैर शुुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमिय दरसम्बन्धी परिपत्रबाट निर्जिवन बीमाको प्रिमियम वृद्धि गरी न्यूनतम सीमा तोकेको थियो ।

खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्धारा प्रिमियम वृृद्धि सोही दरलाई नै न्यूनतम सिमा तोकिदा एकाएक आयोजनाको लागत बढ्न जाने महासंघको बुझाइ छ ।

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायतका आयोजना निर्माणमा संलग्न संघ÷संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रिमियम शुल्क भुक्तानी गरेपनि बीमितले कम्पनीबाट दावी भुक्तानी पाउन नसक्ने खालका विभिन्न शर्तहरूको राखिएको छ । उक्त बिषयमा सबै प्रति पनि सरोकारवालासंग छलफल गर्न समेत महासंघको माग छ ।

बजारमा प्रतिष्पर्धा निरुत्साहित हुने गरि नियामक निकाय समितिद्वारा निर्जीवन बीमा कम्पनीहरुलाई गैर शुुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमिय दर सम्बन्धमा जारी गरिएको निर्देशनमा पुनरावलोकन गर्न महासंघको आग्रह छ ।

खुला बजार अर्थव्यवस्थामा प्रतिष्पर्धाद्वारा मूल्य निर्धारण हुने हुदा न्यूनतम शुल्क तोक्न नहुने महासंघको धारणा छ ।

अर्थतन्त्रको पुनरुत्थानका लागि लगानी प्रवद्र्धन र रोजगारी सिर्जना हुने व्यवसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवाला समक्ष महासंघले आग्रह गरेको छ ।


क्लिकमान्डु