नेपाल बंगलादेश बैंकद्वारा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई सहयोग



काठमाडौं । नेपाल बंगलादेश बैंकले ९० भायल रेम्डिसिभिर औषधी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई सहयोग स्वरूप प्रदान गरेको छ ।

उक्त औषधी बैंकका सीइओ ज्ञानेन्द्र ढुङ्गानाले अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हस्तान्तरण गरेका छन् ।

बैंकले कोभिड १९ को संक्रमणको उच्च जोखिमको बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको कार्यको सह्राना गर्दै उक्त अस्पताललाई चयन गरेको जनाएको छ ।

बैंकले आफ्नो बङ्गलादेशस्थित साझेदार बैंक आईएफआईसी बैंकसँग मिलेर यसअघि ५००० भायल तथा चालु आवमा पनि ५००० भायल रेम्डेसिभिर नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेको थियो ।


क्लिकमान्डु