बुधबार पनि सेयर बजारमा हरियाली, कारोबार रकम साढे ६ अर्ब बढी



काठमाडौं । आइतबारदेखि नै लगातार उकालो लागेको नेप्सेको ग्राफ बुधबार पनि कायमै रहेको छ । यद्यपि बुधबारको कारोबारमा उतारचढाव भने रह्यो । उतारचढावका बीच भारी अंकले बढेको नेप्से परिसूचक कारोबार बन्द हुँदा १८ अंकको बढोत्तरीसँगै बन्द भएको छ । नेप्से परिसूचक २७६९.१३ अंकमा पुगेको छ ।

यो दिन १ करोड १५ लाख ९२ हजार २३५ कित्ता सेयर ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८३९ रुपैयाँमा कारोबार भएको छ । यो दिन १२२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत् र म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङबाहेकमा उपसूचक हरियो भएका छन् ।


क्लिकमान्डु