सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएकोमा बुधबार ६ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएकोमा बुधबार ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा बुधबार १५ रुपैयाँ घटेर १२ सय ५० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु