एलन मक्सको सम्पत्ति एकदिनमा ३६ अर्ब डलरले बढ्यो, कुल सम्पत्ति २८९ अर्ब डलर पुग्यो



काठमाडौं । टेस्ला गाडीका संस्थापक एलन मक्सको सम्पत्ति एकैदिन ३६ अर्ब डलरले बढेको छ । विश्वमा अर्बपतिको सम्पत्ति एकैदिनमा यती धेरै रकमले बढेको पहिलो पटक हो ।

अर्बपतिको विवरण राख्ने ब्लूमर्गका अमुसार विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको सम्पत्ति सोमबार एकै दिन ३६.२ अर्ब डलरले बढेको छ । ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सको इतिहासमा धनी व्यक्तिको नेटवर्थमा एकैदिनमा आएको यो सबैभन्दा ठूलो उछाल हो ।

टेस्लाको १ लाख गाडी हर्ट्ज ग्लोबल होल्डिङ्सले किन्ने अर्डर गरेपछि मक्सको सम्पत्तिमा उछाल आएको हो ।

योभन्दा अगाडि यस्तो रेकर्ड चिनियाँ अर्बपति झोङ शान्सनको नाममा थियो। गत वर्ष एकै दिनमा उनको कुल सम्पत्ति ३२ अर्ब डलरले बढेको थियो । यो उनको बोतलबन्द पानी कम्पनी नोङफु स्प्रिङ कम्पनीको सूचीकरणको दिन सम्पत्तिमा उछाल आएको थियो ।

एलन मस्कको कुल सम्पत्ति २८९ बिलियन डलर छ ।


क्लिकमान्डु