२ करोड घोटाला गरेका सिन्धु विकास बैंकका शाखा प्रवन्धक सुमन खरेल पक्राउ



काठमाडौं ।नेपाल प्रहरीले सिन्धु विकास बैंकमा २ करोड घोटाला गरेका शाखा प्रवन्धक सुमन खरेल पक्राउ गरेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले खरेललाई मंगलबार पक्राउ गरेको हो ।

सिन्धु विकास बैंकमा जम्मा भएको रकमलाई एनसीसी र्बैंकमा नियमित जम्मा गर्दा सिन्धुका शाखा प्रवन्धक खरेलले १ करोड ७९ लाख रुपैयाँ अपचलन गरेका थिए ।

उच्च अदालत पाटनले खरेललाई ७ दिनको म्यादन थप गरेको छ ।


क्लिकमान्डु