सस्थागतमा सबैभन्दा बढी ब्याजदर दिएर हिमालयन बैंकले १८ अर्ब रुपैयाँ निक्षेप बढायो



काठमाडौं । ब्याजदर युद्धमा संस्थागत तर्फ सबैभन्दा बढी ब्याजदर दिएको हिमालयन बैंकले १८ अर्ब रुपैयाँ निक्षेप बढाउन सफल भएको छ ।

हिमालयन बैंकसँग पछिल्लो शुक्रबारको तथ्यांक अनुसार १ खर्ब ४३ अर्ब रुपैयाँ स्वदेशी मुद्रामा निक्षेप रहेको छ । यस्तै कर्जा स्वदेशी मुद्रामा १ खर्ब ३१ अर्ब छ । बैंकले एकसातामा १२ अर्ब रुपैयाँले कर्जा बढाउन सफल भएको हो ।

बैंकले बढाएको १८ अर्ब रुपैयाँ निक्षेपमा संस्थागत तर्फ १५ अर्ब तथा व्यक्तिगत तर्फ ३ अर्ब रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए । बैंकले कर्मचारी सञ्चय कोष सहित नागरिक लगानी कोषको अवधी पुरा भएको निक्षेप समेत जोगाएको छ । यस्तै केही नयाँ निक्षेप समेत जोगाउन सफल भएको छ ।

हिमालयन बैंकले ११.६७ प्रतिशत ब्याजदर संस्थागत तर्फ तोकेको थियो । जसले गर्दा २ दिन संस्थागत तर्फ निक्षेप हिमालयन बैंकले तान्न सफल भएको हो ।


क्लिकमान्डु