नेप्से ७९ अंकले बढ्दा दर्जनबढी कम्पनीको सेयरमा पोजेटिभ सर्किट, कारोबार रकम पनि बढ्यो



काठमाडौं । मंगलबार सेयर बजारमा फेरि हरियाली छाएको छ । आइतबारदेखि उकालो लाग्ने थालेको नेप्सेको ग्राफमा मंगलबार करिब ७९ अंक थपिँदा परिसूचक २७५१ अंकमा पुगेको छ ।

यो दिनको कारोबारमा संख्या र रकममा पनि आशातित वृद्धि भएको छ । यो दिनको कारोबारमा १ करोड १४ लाख ८६ हजार १२३ कित्ता सेयर ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३१ रुपैयाँमा कारोबार भएको छ ।

सबै उपसमूहमा हरियाली देखिएको छ । जसमा सबैभन्दा बढी होटल तथा पर्यटनमा ७.५१ प्रतिशत, फाइनान्समा ५.६१ प्रतिशत, जलविद्युतमा ४.३३ प्रतिशतको वृद्धि देखिएको छ ।

साथै, यो दिनको कारोबारमा एक दर्जन कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ । जसमा चन्द्रागिरि हिल्स, घलेम्दी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, नगाडी ग्रुप पावर लिमिटेड, माउन्टेन हाइड्रो नेपाल, राधी विद्युत् कम्पनी, बेस्ट फाइनान्सलगायतका कम्पनी छन् ।

कारोबार रकमका आधारमा भने कामना सेवा विकास बैंक, नबिल बैंक, एनआइसी एशिया बैंक सबैभन्दा अगाडि छन् ।


क्लिकमान्डु