ब्याजदर बढाउने १३ बैंकलाई राष्ट्र बैंकको चेतावनी, अबदेखि नियम पालना गर्नु
काठमाडौं । ब्याजदर बढाएर बजारमा आंतक सिर्जना गरेका वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले सचेत बनाउने हिसाबले चेतावनी दिएको छ ।
असोज महिनामा नै केही बैंकहरुले नियम विपरित ब्याज बढाएका थिए । कात्तिक १ देखि बैंकहरु निक्षेप तान्नको लागि ब्याजदर युद्धमा नै लागेका थिए ।
राष्ट्र बैंकले निर्देशन जारी गरेपछि मात्र ब्याजदर युद्ध सकिएको थियो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले निर्देशन विपरित ब्याजदर बढाएका बैंकहरुलाई सचेत बनाएको जानकारी दिए ।
‘जथाभावी ब्याजदर बढाउने १३ बैंकलाई राष्ट्र बैंकले सचेत बनाउने काम गरेको हो,’ढकालले भने ।
असोज महिनादेखि नै बैंकहरुले ब्याजदर बृद्धि गर्दा राष्ट्र बैंकले निर्देशनलाई उलंघन गरेका थिए ।