लुम्बिनी बैंकले १३.७१ प्रतिशत लाभांश दिने



काठमाडौं । लुम्बिनी विकास बैंकले सेयरधनीलाई १३.७१ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने भएको हो ।

बैंकले १० प्रतिशत बोनस तथा ३.७१ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

lumbini-bank