कोभिड प्रभावित ५ लाख परिवारलाई ५ अर्ब बाँड्ने कार्यक्रम स्वीकृत




काठमाडौं । सरकारले कोभिड प्रभावित विपन्न परिवारलाई १० हजार रुपैयाँ बाँड्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट संसोधन मार्फत कोभिड प्रभावित भएका ५ लाख परिवारलाई १० हजार रुपैयाँ बाड्ने प्रस्ताव गरेका थिए । अर्थमन्त्रालयले कार्यकर्तालाई आर्थिक सहयोग गर्ने शैलीमा बनाएको कार्यविधिमा प्रधानमन्त्री सहमत नभएपछि पैसा बाँड्ने कार्यक्रम रोकिएको थियो ।

केही परिमार्जन सहित कार्यविधि मन्त्रीपरिषद्बाट पारित भएको छ । तर,यो रकम अनुत्पादक हुने टिप्पणी अर्थमन्त्रीको छ । सरकारले ५ लाख परिवारलाई कोभिडबाट प्रभावित भएको भन्दै रकम बाँड्ने कार्यक्रम ल्याएको हो ।

यसको लागि ५ अर्ब रुपैयाँ खर्च हुने छ । मन्त्रीपरिषद्बाट कार्यविधि स्विकृति भएसँगै तिहार अगाडि नै पैसा बाड्ने बाटो खुलेको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कोभिड – १९ को महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय भएको पनि सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।


क्लिकमान्डु