सांग्रिला डेभलपमेन्ट बैंक निःशुल्क दन्त परीक्षण शिविर कार्यक्रम सम्पन्न



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १७औं वार्षिकोत्वको अवसरमा कात्तिक १३ गते देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ । जसअन्तर्गत आज कात्तिक ८ गते बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवनमा निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा ७० जनाले निःशुल्क आफ्नो दन्त परीक्षण गराएका छन् । डेन्ट इन क्लिनिकको सहयोगमा सम्पन्न निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको हो ।


क्लिकमान्डु