सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने



काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैंकले सेयधरनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाले पारित गरेपछि सेयरधनील पाउनेछन् ।


क्लिकमान्डु