नेपाल बैंकले १७% लाभांश दिने



काठमाडौं । नेपाल बैंकले सेयरधनीलाई १७ प्रतिशत लाभांश दिने भएको छ ।

नेपाल बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।

जसअनुसार बैंकले १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश राष्ट्र बैंक र नेपाल सरकारको स्वीकृति तथा आगामी साधारणसभाबाट पारितभएपछि सेयरधनीलाई पाउनेछन् ।


क्लिकमान्डु