रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई गाभ्ने



काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई गाभ्ने प्रस्ताव गरेको छ । कम्पनीले कात्तिक १२ गते डोकेको २०औं वार्षिक साधारणसभामा विशेष प्रस्ताव अन्तर्गत गाभ्ने निर्णय गरेको छ ।

कम्पनीले केन्द्रीय कार्यालय थापाथलीमा जुममार्फत् साधारणसभा गर्ने निर्णय गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १२.६ प्रतिशत लाभांश दिने समेत निर्णय गरेको छ ।


क्लिकमान्डु